शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • गोन्चालो रामोसको ह्याट्रिक गोलको मद्दतमा पोर्चुगल क्वार्टरफाईनलमा प्रवेश

गोन्चालो रामोसको ह्याट्रिक गोलको मद्दतमा पोर्चुगल क्वार्टरफाईनलमा प्रवेश


कान्तिपथ


स्विट्जरल्याण्डविरुद्ध फिफा विश्वकप २०२२ अन्तर्गत राउण्ड अफ १६ को जारी खेलमा रवाफिलो जित निकाल्दै पोर्चुगलले क्वार्टरफाईनलमा स्थान पक्का गरेको छ ।

कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भएको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको खेलमा पोर्चुगलले स्विट्जरल्याण्डमाथि ६–१ गोल अन्तरको जित निकालेको हो ।

पोर्चुगलका लागि गोन्चालो रामोसले ह्याट्रिक गोल पुरा गर्दा रफायल गुरेरोले दुई र पेपेले एक गोल गरे ।

पोर्चुगलका लागि खेलको १७औं मिनटमा गोन्चालोले गोल गर्दै पोर्चुगलको खाता खोलेका थिए । गोन्चालो क्रिष्टियानो रोनाल्डोको स्थानमा शुरुवाती ११ मा खेलेका हुन् ।

खेलको ३३औं मिनटमा पेपेले सुन्दर हेडर गोल गर्दै पहिलो हाफमा पोर्चुगलको अग्रता दोब्बर बनाए ।

५१औं मिनटमा गोन्चालोले ब्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगललाई ३–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

खेलको ५५औं मिनटमा रफायलले गोल गर्दै पोर्चुगललाई ४–० गोलको अन्तरमा पुर्याए ।

खेलको ५८औं मिनटमा म्यानुएल अकान्जीले गोल गर्दै स्विट्जरल्याण्डको गोल अन्तरलाई ४–१ मा घटाएका थिए ।

तर ६७औ मिनटमा गोन्चालोले ब्यक्तिगत ह्याट्रिक गोल गर्दै पोर्चुगललाई ५–१ गोल अन्तरको अग्रता दिलाएका थिए । यो जारी विश्वकपको पहिलो ह्याट्रिक गोल समेत हो ।

यसपछि खेलको अन्तिम मिनटमा रफायलले ब्यक्तिगत दोश्रो गोल गर्दै पोर्चुगललाई ६-१ गोल अन्तरको शानदार जित दिलाए ।

जित निकालेको पोर्चुगलले अब क्वार्टरफाईनलमा मोरक्कोसँग खेल्नेछ । मोरक्कोले मंगलबार राति भएको राउण्ड अफ १६ चरणको खेलमा २०१० को विश्वविजेता स्पेनलाई टाईब्रेकरमा ३–० गोल अन्तरले हराउँदै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाईनलमा स्थान बनाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत