फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ ।‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’ अर्थात सपना हो ।
यो बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो ।
अल हिल्म अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि अल रिहला बलमा जस्तै यस बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुगेको एडिडासले जनाएको छ ।
यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिनेछ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरभुमीको प्रारूप दिन्छ । यस्तै फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ