शुक्रबार, चैत्र २७, २०८२

विश्व वरियताको तेश्रो अर्जेन्टिना र चौथो फ्रान्स फाईनल भिड्दै


कान्तिपथ


कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८:४५ बजे सुरु हुनेछ । सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् । मोरक्को र क्रोएसियाबीच शनिबार राति तेस्रो स्थानको लागि खेल हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत