शुक्रबार, चैत्र २७, २०८२

फ्रान्सको फुटबल हेर्न राष्ट्रपति इम्यानुअल म्याक्रोन कतारमा


कान्तिपथ


फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन आफ्नो देशको खेल हेर्न कतार पुगेका छन्। फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै दुई पटकको विजेता फ्रान्स सेमिफाइलमा प्रवेश गर्दा म्याक्रोन खेल भइरहेको अल बयात रंगशालामै थिए।

खेलको पाँचौ मिनेटमा नै थिओ हर्नान्डेजले गोल गर्दा उनले उठेर ताली बजाएका थिए। फेरि ७९ मिनेटमा रान्डल कालो मुइनीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पार्दा उनी झनै खुसी देखिए।

म्याक्रोन फुटबलप्रेमी हुन्। चार वर्षअघि रुसमा भएको विश्वकप फ्रान्सले जित्दा पनि राष्ट्रपति म्याक्रोन साक्षी बनेका थिए। यो पटक फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ। त्यसका लागि उसले अर्जेन्टिनासँग आइतबार अन्तिम भिडन्त गर्नेछ। राष्ट्रपतिले सो खेल पनि हेर्ने बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत