शुक्रबार, चैत्र २७, २०८२

मेस्सी उच्च लयमा छन्, हामीलाई कठिन हुनेवाला छ : ग्रिजम्यान


कान्तिपथ


कतारमा जारी फिफा विश्वकपको फाइनल खेल्ने दुवै टोलीको टुंगो लागिसकेको छ। दोस्रो सेमिफाइनलमा अफ्रिकी टिम मोरक्कोलाई पराजित गर्दै साविक विजेता फ्रान्सले अर्जेन्टिनासँगको भेट पक्का गरेको छ। 

मोरक्कोविरुद्ध २–० गोल अन्तरको जित निकाल्ने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर्स अफ द म्याच बनेका फ्रेन्च प्लेमेकर एन्टोनी ग्रिजम्यानले मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाको सामना गर्नु फरक तथा कठिन हुने बताएका छन्। 

खेलपछि मिडियासँग कुरा गर्दै ग्रिजम्यानले भने, ‘हामीले अर्जेन्टिना खेलेको हेरेका छौं। उनीहरुविरुद्ध खेल्न धेरै कठिन हुनेछ। मेस्सीको नेतृत्वमा रहेको टिमलाई उनले राम्रोसँग खेलाउने गर्छन्। उनी आफैं उच्च लयमा छन्। त्यसैले यसपटक अर्जेन्टिनाविरुद्ध खेल्न हामीलाई धेरै कठिन हुनेछ। हामी उनीहरुविरुद्ध धेरै तयारीका साथ मैदानमा उत्रिनुपर्ने हुन्छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत