बुधबार, चैत्र २५, २०८२

दिपिकाको बिकिनी मन्त्रीलाई मन परेन : फिल्म चल्न नदिने चेतावनी


कान्तिपथ


‘पठान’ फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जना भएको छ। खासमा अभिनेत्री दीपिका पादुकोणको कपडालाई लिएर विवाद चर्किएको हो ।

दीपिकाले पहिरिएको बिकिनीको रङलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी नेतासम्म आलोचनामा उत्रिएका छन् । दीपिकाको पहिरनको रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिए । दीपिकाको बिकिनी र पहिरनको रङले अपमान गरेको आरोप उनको छ ।

मिश्रले भने, ‘फिल्ममा टुकडे ग्याङकी समर्थक दीपिका पादुकोणले आपत्तिजनक कपडा पहिरिइन् र यो दूषित मानसिकताको साथ फिल्म बनाइयो ।’ बीजेपी नेता समेत रहेका मिश्र गीतमा प्रयोग गरिएको वेशभूषा पहिलो नजरमै धेरै आपत्तिजनक रहेको बताउँछन् ।

शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म पठान २५ जनवरीमा रिलिज हुँदैछ। तर रिलिजअघि नै यो फिल्म विवादमा परेको छ। फिल्मको एक गीत ‘बेशर्म रंग’ मा दीपिकाले केसरी रंगको बिकिनी लगाएकी छन्।

यसलाई लिएर हिन्दू संगठनले विरोध गर्न सुरु गरेका छन्। हिन्दू महासभाका राष्ट्रिय अध्यक्ष स्वामी चक्रपाणी महाराजले पनि आपत्ति जनाएका छन्। भगवा रंगलाई पठान फिल्ममा अपमान गरिएको बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत