शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • पोर्चुगललाई युरो कप र नेसन्स लिग जिताएका प्रशिक्षक सान्तोसको राजिनामा

पोर्चुगललाई युरो कप र नेसन्स लिग जिताएका प्रशिक्षक सान्तोसको राजिनामा


कान्तिपथ


पोर्चुगल फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन् । कतार विश्वकपमा पोर्चुगलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक सान्तोसले पदक छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ ।

कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो । त्यसपछि नै उनको पद धरापमा परेको थियो । पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले पद त्यागेको बताइएको छ।

सन् २०१४ देखि पोर्चुगलको प्रशिक्षक रहेका सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप उपाधि दिलाएका थिए । यस्तै २०१९ को युइएफए नेसन्स लिग पनि जिताएका थिए ।

सान्तोसले अन्तिम खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय गरेका थिए । त्यसअघि अन्तिम १६ मा स्वीजरल्याण्ड विरुद्धको खेलमै रोनाल्डोलाई बेन्चमा राख्दै गोन्सालो रामोसलाई पहिलो रोजाइमा खेलाएका थिए । रामोसले त्यही खेलमा जारी विश्वकपको पहिलो ह्याट्रिक गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत