फिफा विश्वकप २०२२ को फाइनल आइतवार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । ।
२०१८ को विजेता फ्रान्स उपाधि दोहोर्याउने सुर कसिरहेको छ भने ३६ वर्षदेखि विश्वकप नाजितेको अर्जेन्टिना विश्वकप आफ्नो घर लान आतुर छ ।
फाइनलमा एउटै क्लब पेरिस सेन्ट जर्मन्सका लागि खेल्ने फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीबीच तीव्र प्रतिस्पर्धा हुनेछ ।
एम्बाप्पेको विशेषता भनेको उनको गति हो भने उता मेसीको विशेषता भनेको ड्रिब्लिंग (बल छक्याउने) हो । एम्बाप्पे बललाई आफ्नो नियन्त्रणमा राखेर पूर्ण गतिमा दौडिँदै विपक्षी डिफेन्डरहरूलाई उनि सह्मालिने मौका दिदैनन ।
उता मेसी अर्जेन्टिनाको सम्पूर्ण भार आफ्नो काँधमा राखेर जादू देखाइरहेका छन् । सेमिफाइनलमा उनले तीनवटै गोलमा गरेको योगदान देख्दा उनी आफ्नो फर्मको चरममा पुगेका छन् भन्न सकिन्छ ।
त्यसमाथि मेसी र एम्बाप्पे दुवै गोल्डन बूटका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन् । दुवैले समान ५–५ गोल गरेका छन् । तर असिस्टको मामिलामा मेसी अगाडि छन् ।
सन् २०१८ को विश्वकपको राउन्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । त्यसमा फ्रान्स ४–३ ले विजयी भएको थियो । त्यसमध्ये दुई गोल एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले उक्त विश्वकपको फाइनलमा समेत गोल गरेका थिए ।
उक्त खेलको नमीठो यादलाई भुलाउँदै अर्जेन्टिनाले फ्रान्सविरुद्ध सशक्त खेल प्रदर्शन गर्ने अपेक्षा छ । मेसी चम्के भने अर्जेन्टिनाले उपाधि जित्ने सम्भावना प्रबल छ ।
तर फ्रान्स चानचुने टीम नभएकाले फाइनल निकै रोचक हुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ