अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको तयारीमा रहेको फ्रान्सेली चर्चित स्ट्राइकर करिम बेन्जेमाले विश्वकप फाइनलका लागि कतार जान गरिएको आग्रहलाई अस्वीकार गरेका छ्न।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले विश्वकपको फाइनलमा सहभागिताका लागि गरेको आग्रह बेन्जिमाले अस्वीकार गरेका हुन्। टोलीमा फ्लु र चोटका कारण समस्या भएपछि राष्ट्रपति म्याक्रोनले बेन्जिमालाई फाइनल खेलका लागि कतार जान आग्रह गरेका थिए।

बेन्जिमाले राष्ट्रपतिको आग्रह अस्वीकार गरेको ईएसपीएनले जनाएको छ। बेन्जिमा विश्वकप खेल्ने फ्रान्सको टोलीमा दर्ता छन्। तर विश्वकपको पूर्वसन्ध्यामा चोट बोक्दै उनी कतारबाट स्पेन फर्किएका थिए। आफूलाई कतारबाट फिर्ता गर्ने प्रशिक्षक डिडियर डेसच्याम्पसको निर्णयप्रति बेन्जिमा सन्तुष्ट थिएनन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ