बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • ६ महिनादेखि तलब नपाएको शिक्षकहरूको पक्षमा धनुषाका विद्यालयहरू बन्द 

६ महिनादेखि तलब नपाएको शिक्षकहरूको पक्षमा धनुषाका विद्यालयहरू बन्द 


कान्तिपथ


जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिका सहित अन्य दुई पालिकाहरूमा रहेका शिक्षकहरूलाई विगत ६ महिनादेखि तलब भत्ता नदिएको भन्दै धनुषाका सामुदायिक विद्यालयको पठन पाठन ठप्प पारेका छन् । 

विद्यालयका शिक्षकहरू तलब भत्ता नपाएको भन्दै नगराइन नगरपालिकाका शिक्षकहरू हडतालमा उत्रेको समर्थनमा नेपाल शिक्षक महासङ्घ तथा युनियनले आज सामुदायिक विद्यालयहरूको पठन पाठन अवरोध गर्दै आम हडतालको घोषणा गरेको छ । 

धनुषाका सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएपछि विद्यालय पढ्नका लागि गएका विद्यार्थीहरू पढेर फर्किनु परेको छ । नगराइन नगरपालिकाको नगर परिषदबाट नगर पालिकाको चालु आर्थिक वर्षको बजेट पारित नभएपछि शिक्षकहरूले तलब भत्ता नपाएपछि विद्यालयको पठन पाठन अवरुद्ध गर्दै हडतालमा उत्रेका छन् । 

धनुषामा रहेका अधिकांश विद्यालयहरू बन्द रहेपछि विद्यार्थीहरू पढ्न पाएका छैन । धनुषा जिल्लाको नगराइन, कमला तथा क्षिरेश्वरनाथ नगरपालिका शिक्षक तथा कर्मचारीहरू चालु आर्थिक वर्षको साउन देखि हालसम्मको तलब भत्ता खान सकेको छैन । 

शिक्षकहरूको तलब भत्ता बाहेकका अन्य श्रोत नभएको भन्दै कतिपय शिक्षकहरूको घर परिवार चलाउनमा पनि समस्या उत्पन्न भएको छ । कतिपय शिक्षकहरूको बाहिर वा उच्च शिक्षामा रहेका छोरा छोरीलाई पढाउन समस्या भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत