बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • मनमोहन प्राविधिक विश्वविद्यालयमामा शिक्षकको पेन डाउन, विद्यार्थीको तालाबन्दी

मनमोहन प्राविधिक विश्वविद्यालयमामा शिक्षकको पेन डाउन, विद्यार्थीको तालाबन्दी


कान्तिपथ


सुनसरी । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् । पटक पटक राखेको अफ्ना मागहरूलाई विश्वविद्यालय प्रशासनले बेबस्ता गरेको भन्दै शिक्षक र कर्मचारीहरू सङ्गठनहरू बुधवारबाट पेन डाउनमा उत्रिएका हुन् ।

यता शिक्षक र कर्मचारीहरूको आन्दोलनका कारण विद्यार्थीको पढाई अन्योलमा परेको भन्दै तत्काल माग पूरा गर्न भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

नेपाल सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५ सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालय कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन् । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरूको हकहितलाई सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए । विभिन्न चरणमा छलफल भएको थियो , तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको शिक्षकहरूको आरोप छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत