बुधबार, चैत्र २५, २०८२

अत्यधिक चिसो बढेपछि वेदकोटका सबै विद्यालय दुई साताको लागि बन्द 


कान्तिपथ


कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको वेदकोट नगरपालिका भित्रका सबै विद्यालयहरू दुई साताको लागि बन्द गरिएको छ । 

वेदकोट नगरपालिका अन्तर्गतका विद्यालयहरूका प्रधानाध्यापकहरूको माग अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको वेदकोट नगरपालिकाले जनाएको छ । 

चिसो अत्यधिक बढेका कारण विद्यार्थीहरूलाई विद्यालय आवागमन गर्न र पठनपाठनमा समेत वाधा पर्न गएपछि प्रधानाध्यापकहरूले भेला गरी नगरपालिकालाई विद्यालय बन्दको माग गरेको सोही माग बमोजिम नगरपालिकाकाले यस वर्षको बाँकी बिदाबाट कटौती हुने गरी हिउँदे बिदा दिइएको शिक्षा शाखाका शाखा अधिकृत मञ्जु थापाले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत