बुधबार, चैत्र २५, २०८२

कक्षामा सधैं प्रथम भएको भन्दै आफ्नै साथीको अपहरण


कान्तिपथ


कक्षामा सधैं प्रथम आउने एक विद्यार्थीलाई उनकै साथीहरूले अपहरण गरेको खुलेको छ । अपहरणमा संलग्न आरोपित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज–१६ इनर्वाका १६ वर्षीय बालक शनिबार बिहान साढे ५ बजेको समयमा आफ्नै आँगनबाट अपहरणमा परेका थिए ।

छोरा हराएपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा अपहरित बालकको घरभन्दा करिब ३ सय मिटरको दूरीबाट आइतबार बिहान ८ बजेतिर उद्धार गरेको हो । एसपी कोमल शाहका अनुसार आँगनको धारामा हातमुख धोइरहेका बेला ती बालकसँगै अध्ययन गर्ने चार जना साथीले कम्बलले छोपेर नियन्त्रणमा लिएका थिए ।

मुखमा कपडा कोचेर कराउन नदिई घर छेउको धाराबाट करिब ३ सय मिटर टाढा लगेर दुवै हात पछाडि फर्काएर बाँधेका थिए । खोजतलासका क्रममा प्रहरीले अपहरित बालकलाई मुख र हात बाँधेकै अवस्थामा उद्धार गरेको हो । कक्षामा सधैं प्रथम भएकाले उनका प्रतिस्पर्धी विद्यार्थीले रिसले अपहरण गरेको अनुसन्धानमा पाइएको एसपी शाहले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत