नेपालगञ्ज। बाँकेमा दादुराबाट १९ वटा वडा प्रभावित भएका छन् । पुस १२ गतेदेखि देखिएको दादुराबाट हालसम्म २०९ जना संक्रमित भएका छन् ।
१५ वटा वडा प्रभावित भएको नेपालगञ्जमा १९१, एउटा वडा मात्र प्रभावित भएको नरैनापुरमा १३ जना, २ वटा वडा प्रभावित भएको कोहलपुरमा २ जना र एउटा मात्र वडा प्रभावित भएको खजुरामा ३ जनालाई दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यी मध्ये हालसम्म १५० जना निको भइसकेका छन् । ५८ जना घरमै उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालगञ्ज र खजुराका ३७०१६ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ । नेपालगञ्जका ३१०४२ र खजुराका ५९७४ जना बालबालिकालाई खोप लगाइएको श्रेष्ठले जानकारी दिनुभयो ।
पुस २२ गतेदेखि अभियानकै रुपमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदैछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ