बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा-मलेखु सडक विस्तारको काम सुरु

काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा-मलेखु सडक विस्तारको काम सुरु


कान्तिपथ


धादिङ- राजधानी काठमाण्डौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा-मलेखु सडक विस्तार गर्ने काम सुरु भएको छ । सडक स्तरोन्नतीसहित निर्माणको काम अहिले तीव्रगतिमा भईरहेको छ ।

सडक फराकिलो बनाउनका लागी पहाड काट्ने काम भईरहेको छ भने सडकको छेउपट्टीको भागमा वाल उठाई सडक चौडा बनाउने कामले गति लिएको छ । तर निर्माण समग्री अभावका कारण भने काममा केही असहजता आएको भनाई छ ।

सरकारले ढुङ्गा गिट्टी बालुवा निकासी खुलाए पनि जिल्लामा अझै परिपत्र नआएको भन्दै निर्माण समग्री ढुवानीमा लगाएको प्रतिबन्धका कारण थप समस्या आएको भनाई निर्माण कम्पनीको छ ।

विश्व बैंकको ऋण सहयोगमा सडक विभागले करिब १३ अर्ब रुपैयाँ खर्चिएर नागढुंगादेखि मुग्लिनसम्मको सडक विस्तार गर्न लागेको हो । यो सडक विस्तार गर्न नागढुंगाबाट नौबिसे सम्मको १२.२६ किलोमिटर र नौबिसेबाट मलेखुसम्मको ४६.५३ किलोमिटर गरी २ वटा खण्डमा अहिले काम भईरहेको छ ।

मलेखुदेखि मुग्लिङसम्मको सडक स्तरोन्नतीका लागि ठेक्का लागिसकेको र अबको केहि महिनामा काम सुरु हुने नागढुङ्गा-मुग्लिङ सडक विस्तार आयोजनाले जनाएको छ ।

नागढुंगाबाट नौबिसेसम्म (पहिलो खण्ड)को सडक विस्तार गर्ने जिम्मा जियांङ्सु-सगुन जेभीले पाएको छ । यो कम्पनीले एक अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

आगामी दुई वर्षभित्रमा पहिलो खण्ड अन्तर्गतको काम सक्ने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको छ । दोस्रो र तेस्रो खण्ड नौबिसेदेखि मुग्लिङसम्मको सडक बनाउने जिम्मा शर्मा–लामा–जेडआईसीजीले पाएको छ ।

यो कम्पनीले दुबै खण्ड गरी करिव ११ अर्ब रुपैयाँमा ७८ किलोमिटर सडक तीन वर्षभित्रै विस्तार गरिसक्नुपर्ने छ । सडक विस्तार बजार क्षेत्रमा चार लेनको बनाइने छ भने अन्य क्षेत्रमा पहाड काटेर विस्तार गर्नुपर्ने भएकाले अधिकांश स्थानमा तीन लेनको सडक हुनेछ ।-



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत