बुधबार, चैत्र २५, २०८२

तटबन्धसहितको करिडोर निर्माण सुरु


कान्तिपथ


नवलपरासी।  नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिँदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ । 

गत वर्षको बाढीले परासी बजार जलमग्न हुनुका साथै करोडौँको क्षति भएपछि नगरपालिकाले झरही खोला नियन्त्रणको काम सुरु गरेको हो । जसका लागि नगरपालिकाले यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ । तटबन्ध लगाएर करिडोर निर्माणको योजनामा रहेको नगरपालिकाले बजेट अभाव भएपछि प्रदेश र सङ्घीय सरकारसँग बजेट व्यवस्था गर्न माग गरेको छ । 

नगरप्रमुख धनपत यादवले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नवलपरासी  (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धुव्र प्रधानलाई भेटेर बजेट व्यवस्था गर्न माग गर्नुभएको छ । 

नगरप्रमुख यादवका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले आफूले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर बजेटको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा नगरपालिकाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले अन्य मन्त्रालयसँग यस विषयमा कुरा भइरहेकाले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो ।

  नगरपालिकाले रामग्राम सात उजैनीदेखि रामग्राम एक सहुवाटिकरसम्म तटबन्ध र करिडोर निर्माणका लागि सङ्घीय सरकारसँग  रु १० करोड माग गरेको नगरप्रमुख यादवले बताउनुभयो । अहिले नगरपालिकाले झरही खोला पुलदेखि काम पनि सुरु गरेको छ । अन्य खोलाको पनि सफाइ र डुबान कटान नियन्त्रणका लागि स्काभेटर खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत