बुधबार, चैत्र २५, २०८२

कान्तिपथ


काठमाडौँ I अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघण्टा ५० किलोमिटर तोकिएको उक्त सूचनामा उल्लेख छ । उपत्यकाभित्र चक्रपथ (रिङ रोड) सँगै सर्भिस ट्रायकका लागिसमेत गति सीमा तोकिएबमोजिम कलङ्की–कोटेश्वर सडकखण्डको ट्रयाकमा प्रतिघण्टा अधिकतम ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा अधिकतम २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी कोटेश्वर–भक्तपुर सडकखण्डमा समेत प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ । तोकिएको मापदण्डभन्दा बढी गतिमा सवारी साधन चलाउने चालकलाई उक्त ऐनमा उल्लेख भए बमोजिम कारबाही गरिने उक्त सूचनामा जनाइएको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत