शुक्रबार, चैत्र २७, २०८२

मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न


कान्तिपथ


बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

जीतपुरसिमरा वडा नं.१५ स्थित डुमरबानामा सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्वितीय र धनुषा तृतीय भएका छन् ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख विजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका सदस्य राजेन्द्र खड्गी लगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रत्येक जिल्लाबाट १४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत