शुक्रबार, चैत्र २७, २०८२

एक महिनामा साँढे ६ करोड बढीको सामान बरामद


कान्तिपथ


जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले गत महिना साँढे ६ करोडभन्दा बढी मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार फागुनमा मधेश प्रदेशका ८ वटा जिल्लाबाट ६ करोड ६८ लाख ३६ हजार ५ सय ३६ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद भएको हो ।

प्रहरीले एक महिनाको अवधिमा किराना सामग्री १ करोड ८५ लाख ९४ हजार ९ सय २४ रुपैयाँ बराबरको, विद्युतीय सामग्री ७ लाख ४५ हजार बराबरको र सवारी साधन र पार्टपुर्जा २ करोड ४७ लाख ३४ हजार ९३० रुपैयाँ बराबरको बरामद गरेको हो ।

लत्ता कपडा, फेन्सी तथा अन्य सामानहरू २ करोड २६ लाख ४२ हजार ५ सय ३२ र चाँदी १ लाख १९ हजार १ सय ५० रुपैयाँ बराबरको बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी पैठारी सहितको घटनामा संलग्न ४६ जनालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत