शुक्रबार, चैत्र २७, २०८२

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम


कान्तिपथ


कावासोती। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतवार दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन् ।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो । भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन् । साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट हुँदा एक सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले भर्खरै सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ गएको जानकारी दिनुभयो । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत