स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोकी पत्नी जर्जिना रोड्रिग्वेजले आफ्ना छोराछोरीलाई साउदी अरबमा विद्यालयमा पढाइमा कठिनाइ भइरहेको खुलासा गरेकी छन् । फिफा विश्वकपपछि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब ‘अल–नासर’ बाट खेल्नका लागि सम्झौता गरेका थिए । त्यसपछि रोनाल्डो सपरिवार साउदी अरबमा बस्दै आएका थिए। सऊदी अरबमा आएदेखि परिवारले आफ्नो नयाँ परिवेशमा समायोजन गर्न कठिनाइहरूको सामना गर्नु परेको क्रिस्टियानो रोनाल्डोकी पत्नी जर्जिना रोड्रिग्वेज बताउछिन। जर्जिनाले आफ्ना छोराछोरीलाई विद्यालयमा केही संघर्ष गर्नु परेको खुलासा गरेकी छन् । एक नयाँ अन्तर्वार्तामा रोनाल्डोकी पत्नी जर्जिना रोड्रिग्वेजले भनिन्, 'स्कूलमा उनीहरूले आफूलाई बचाउन सक्दैनन्, कहिलेकाहीँ उनीहरू पिटाई खाएर आएका हुन्छन् र घरमा आए पछि रुन थाल्छ!' जर्जिनाले भनिन्, 'उसको (छोरा) हातहरुमा नील डामहरु थिए, मैले सोधे तिमीलाई के भयो?' छोराले भन्यो 'एउटा बच्चाले मलाई हिर्काए', र म उसलाई भने: 'ठीक छ, तिमीलाई थाहा छैन आफुलाई कसरी बचाऊ गर्ने?' स्मरण रहोस्, क्रिस्टियानो रोनाल्डोले केही महिनाअघि साउदी फुटबल क्लब अल नासरसँग २.५ वर्षको सम्झौता गरेका थिए । ३८ वर्षीय फुटबलरले साउदी अरेबियन फुटबल लिग उल्लेखनीय प्रभाव पारेका छन्, आफ्नो नयाँ टिम अल-नासरका लागि केवल १० खेलहरूमा नौ गोल र दुई असिस्ट गोल गरेका छन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ