बुधबार, चैत्र २५, २०८२

आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन


कान्तिपथ


काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार चार सय ९० कायम भएको छ । काठमाडौँ–भद्रपुर रुटमा रु तीन सय, विराटनगरमा रु दुई सय ४०, जनकपुरका लागि रु एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि रु एक सय १०, भैरहवाको रु दुई सय पाँच, नेपालगञ्जका लागि रु एक सय ८५ र सुर्खेतका लागि रु तीन सय ४५ हवाई भाडा घटेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत