शुक्रबार, चैत्र २७, २०८२

प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सुची सहित)


कान्तिपथ


बुधबार बसेको बढुवा समितिको बैठकमा नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

मन्त्रालयको सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत