शुक्रबार, चैत्र २७, २०८२

खोकनाको जग्गा प्राप्ति समस्या समाधानका लागि सहजीकरण समिति गठन


कान्तिपथ


काठमाडौँ । सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत ललितपुरको खोकनाको जग्गा प्राप्ति समस्या समाधानका लागि उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समितिले सरोकारवाला पक्षहरूको संवादबाट समाधान निकाल्ने जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री खड्काको नेतृत्वमा गठित सहजीकरण समितिमा ललितपुर महानगरपालिका सहित सरोकारवाला पक्षहरूको सहभागिता गराइएकाले जग्गा प्राप्ति समस्या समाधान भई द्रुत मार्ग निर्माणले तीव्रता पाउने विश्वास सरकारले लिएको मन्त्री शर्माले बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले सरकारले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको पनि जानकारी दिनुभयो ।

यस्तै मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत