एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा भइरहेका बेला कीर्तिपुर मैदानमा वर्षाका कारण खेल रोकिएको छ । यो खेल शनिबार वर्षाका कारण दुईपटक रोकिसकेको छ । पहिलोपटक नेपालले ब्यााटिङ गर्दा वर्षाका कारण रोकिएको थियो । दोस्रोपटक कुवेतले ब्याटिङ गर्दा रोकिएको हो ।
वर्षाका कारण ४२ ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २८१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले आठ ओभर ३ बलमाा ६ विकेट गुमाएर ३७ रन बनाउँदा खेल रोकियो ।
अब खेल हुन नसके सुपरओभरबाट नतिजा निकालिने छ । सुपरओभर पनि हुन नसके नेपाल फाइनल पुग्नेछ । समूह विजेता भएका कारण सेमिफाइनलको खेलमा नतिजा नआए नेपाल फाइनल पुग्ने भएको हो ।
उता मूलपानी मैदानमा अहिले ओमान र यूएईबीच अर्को सेमिफाइनलको खेल भइरहेको छ । २३६ रनको लक्ष्य पछ्याएको ओमानले यो समाचार तयार पार्दासम्म ४३ ओभरमा १९० रन बनाउँदा ६ विकेट गुमाएको छ । उसलाई जितका लागि अझै ७ ओभरमा ४७ रनको आवश्यकता छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ