बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • पृथ्वी राजमार्ग आज पनि सवारी आवागमन अवरुद्ध, वैकल्पिक मार्ग अपनाउन आग्रह

पृथ्वी राजमार्ग आज पनि सवारी आवागमन अवरुद्ध, वैकल्पिक मार्ग अपनाउन आग्रह


कान्तिपथ


धादिङ- हिजोदेखि बन्द रहेको पृथ्वी राजमार्गमा आज पनि सवारी आवागमन अवरुद्ध छ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भाँसिदा पृथ्वी राजमार्ग भएर जाने सवारी आवागमन बन्द भएको हो ।

पूर्वबाट आउने सवारी साधनका लागि वैकल्पिक सडकको रुपमा त्रिभुवन लोकपथ, कान्तिमार्ग र अन्यका लागि गल्छी हुदै त्रिशुलीको बाटो एवं धार्के केवलपुर हुदै गल्छि निस्कने बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

वर्षाले पुलको धुनीबेँसी पट्टिको भाग भासिएको छ । भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेपनि द्रुतगतिमा काम हुन नसकेको हाम्रा संवाददाता शिव सिलवालले जनाएका छन् । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत