नवलपरासी । पश्चिम नवलपरासीसँग सिमानाका जोडिएका भारतीय नाका दुई दिनका लागि बन्द हुने भएको छ ।
भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्लामा हुन लागेको स्थानीय निर्वाचनलाई लक्षित गरी मङ्गलवार बेलुका ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रशासकीय अधिकृत पुनाराम पौडेलले सूचना जारी गर्दै अत्यावश्यक सवारी, तेस्रो मुलुकबाट आएका पर्यटक बाहेक अन्य आवतजावत बन्द गरिएको जनाउनुभएको छ । स्थानीय निर्वाचनलाई लक्षित गरेर दुवै मुलुकले सीमा नाकामा सुरक्षा प्रबन्ध मजबुत बनाएका छन् ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ