नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको गुनासो गरेका छन्।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको पीडा व्यक्त गरेका हुन्।
‘कर्णालीमा हाम्रो पार्टीलाइ पूरै बेवास्ता गरिएको छ। यो राम्रो होइन। सरकारमा एकलौटी गर्न खोजिएको छ’, अध्यक्ष नेपालले भने, ‘गठबन्धन टिकाउने कुरा भइरहेको छ तर हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ।’ उनले भने, ‘मनका पीडा पोखेको हुँ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ