शुक्रबार, चैत्र २७, २०८२

साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सी निलम्बित


कान्तिपथ


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।

क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको भन्दै मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो । निलम्बन अवधिमा मेस्सीले पीएसजीमा प्रशिक्षण र खेल्न पाउने छैनन् ।

मेस्सीले पछिल्लो पटक आइतबार लोरिएन्टविरुद्धको खेल खेलेका थिए । ३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताईएको छ ।

क्लबले मेस्सीलाई जरिवाना समेत गरेको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।

विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ। मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत