शुक्रबार, चैत्र २७, २०८२

सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई ६/६ लाख दिने


कान्तिपथ


सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

यस्तै, क्रिकेट टीमका अन्य अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको बताइन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको समेत बताइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत