शुक्रबार, चैत्र २७, २०८२

यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता


कान्तिपथ


मुगु- हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिनुभयो ।

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उहाँहरु मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा शनिवार बेपत्ता भएको अध्यक्ष बोहोराले बताउनुभयो ।

“दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो ? बेपत्ताको अवस्था के छ ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ”, जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भन्नुभयो ।

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत