सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने ब्यवस्था गरि महानगरपालिकाले मोबाइल एप्लिकेसन केएमसी एप (KMC App) सञ्चालनमा ल्याएका छन्।
सो मोबाइल एप सञ्चालनमा आएको नगरप्रमुख बालेन शाहले जानकारी दिएका छन्।
महानगरपालिकाको सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको मेयर शाहले बताएका छन्।
यस्ता छन् सेवाहरु :
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ सार्बजनिक शौचालयहरु समेटिएको
एपमार्फत हाललाई
➢ नागरिकता सम्बन्धी सिफारिस ,
➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
➢ जग्गा मुल्यांकन सिफारिस,
➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
➢ घर कायम सिफारिस,
➢ सम्पत्ति कर चुक्ता सिफारिस,
➢ अस्थायी बसोबास सिफारिस,
➢ स्थायी बसोबास सिफारिस,
➢ बिद्युत जडान सिफारिस,
➢ धारा जडान सिफारिस,
➢ आन्तरिक बसाइसराइ सिफारिस,
➢ कोठा खालि गर्ने सिफारिस,
➢ जन्म मिति प्रमाणित,
➢ अविवाहित प्रमाणित,
➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
➢ अदालत शुल्क मिनाहा सिफारिस,
➢ बैंक खाता बन्द गर्ने सिफारिस,
➢ ब्यवसाय बन्द सिफारिस,
➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस,
➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको
फेसबुकमा एक पाेस्ट शेयर गर्दै उनले एपमार्फत सेवाग्राहीले ३० भन्दा बढी प्रकारका सिफारिसका लागि आवेदन दिनुका साथै अनलाइन राजस्व बुझाउनसक्ने जानकारी दिए ।
साथै नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट लिन, आफ्ना विभिन्न जिज्ञासाका लागि च्याटबटसँग कुरा गर्न, महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू पढ्न लगायत विभागीय कार्य विवरणसहितको डिजिटल नागरिक बडापत्र पनि हेर्न सकिनेछ ।
यस्तै हेलाे मेयर, जनगुनासो, स्मार्ट कर, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोपका लागि सहयोग, सार्वजनिक शौचालयको सूची लगायतका जानकारी पनि उपलब्ध गराइएको छ ।
एपमा हाल उपलब्ध भएको सिफारिस सेवाबाहेक अन्यका लागि भने कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने बालेनले बताएका छन् ।
यस एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमी तथा मालपोत कर, व्यवसाय कर जस्ता विभिन्न करहरू तिर्न ईसेवा, खल्ती आइएमई पे, प्रभु पे लगायतका पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।
हाललाई यो एप एन्ड्रोइड फोनको लागि मात्र उपलब्ध छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ