शुक्रबार, चैत्र २७, २०८२

दमक झडपः १० प्रहरीसहित २२ जना घाइते


कान्तिपथ


झापा- झापाको दमकमा कोसी प्रदेश नामाकरणको बिरोधमा हिजो साँझ पहिचानवादी समूहले मसाल जुलुस प्रर्दशन गर्ने क्रममा झडप हुँदा आन्दोलनकारी र दश प्रहरीसहित २२ जना घाइते भएका छन् ।

दुई पक्षबिचको झडपमा परी प्रहरी नायव उपरीक्षक मनोजकुमार लामासहित २२ जना घाइते भएको बताइएको छ । करिब ३ सय मिटर टाढादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो ।

आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइजना आन्दोलनकारी गम्भिर घाइते भएको आन्दोलनमा सहभागी लिम्बुवान भोलेन्टियरका केन्द्रीय कमाण्डर थाङसाङ लावतीले बताउनु भयो ।

घाइते प्रहरी र आन्दोलनकारीहरूको सरकारी दमक अस्पताल, लाइफलाइन अस्पताल लगायतका स्थानीय अस्पतालहरूमा उपचार भएको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत