शुक्रबार, चैत्र २७, २०८२

मर्मतका लागि दुई हप्ता मेलम्चीको पानी वितरण रोकिने


कान्तिपथ


सिन्धुपाल्चोक ।मर्मत कार्य गर्नका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

हेलम्बु १ स्थित  आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर  पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत