शुक्रबार, चैत्र २७, २०८२

११ घण्टापछि हाइटेन्सन लाइनको पोलबाट ओर्लिए युवक


कान्तिपथ


३० वैशाख, विराटनगर । निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग राख्दै विद्युतीय हाइटेन्सन टावरमा चढेका दिनेशकुमार माझी पोलबाट ओर्लिएका छन् । मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी माग सम्बोधन गर्ने प्रतिवद्धतापछि टावरबाट सकुशल ओर्लिएका हुन् ।

बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको टावरमा चढेका थिए । अध्यक्ष र उपाध्यक्षसहितको टोलीले उनको माग पूरा गर्ने प्रतिवद्धता गरेपछि उनी ओर्लिएका हुन् । 

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार विहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए ।

उनी अपरान्ह साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिवद्धता जनाउनुपर्ने माग गरेका थिए ।

अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका डीएसपी दाहालले बताए ।

सडक छेउमा निर्माण भइरहेको टेवा पर्खालको गुणस्तर राम्रो नभएको भन्दै माझीले रोक्न माग गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत