शुक्रबार, चैत्र २७, २०८२

बार्सिलोना २७ औँ पटक बन्यो ला लिगा च्याम्पियन


कान्तिपथ


स्पेनिस फुटबल क्लब बार्सिलोना यस सिजनको ला लिगा उपाधि जित्न सफल भएको छ । इस्पानयोल क्लबसँग आइतबार राति २ का विरुद्ध ४ गोल गरेसँगै चार खेलअगावै बार्सिलोना सन् २०२२–२०२३ सिजनको ला लिगा च्याम्पियन बन्न सफल भएको हो ।

बार्साको जितमा रोवर्ट लिवानडोस्कीले २ गोल गरे भने आलेजान्द्रो बाल्डे र जुलेस काउन्डेले १/१ गोल गरे । इस्पानयोलका लागि भने जाभी पाउल्डो र जोसेलुले १/१ गोल गर्दै सान्त्वना गोल फर्काए ।

यो खेलसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक बटुल्न सफल भयो । समान खेलबाट दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । मड्रिडले सबै चार खेल खेल्दा पनि बार्सिलोनालाई उछिन्न नसक्ने अवस्था बनेपछि बार्सा चार खेलअगावै विजेता घोषित भएको हो । बार्साले उपाधि जितेसँगै सो क्लबका समर्थकले क्लब अगाडि र बार्सिलोना शहरमा खुसियाली मनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत