सरकारले आगामी दुई वर्षभित्रमा सबैको घरमा विद्युत् पुर्याउने सरकारले घोषणा गरेको छ ।
शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी २ वर्षभित्रमा सबैको घरमा पुर्याइने बताएका हुन् ।
यस्तै, ऊर्जामा सबै नागरिकको पहुँचलाई सुनिश्चित गरिने राष्ट्रपति पौडेलले बताए । विपन्न वर्गलाई निश्ल्क विद्युतीय मिटर उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।
यस्तै, वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत् उपलब्ध गराइने उनले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ