शुक्रबार, चैत्र २७, २०८२

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुँदै


कान्तिपथ


पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा भोलि बुधबार सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो । मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुनेछ र घोषणा पत्र जारी हुनेछ । सम्मेलनमा सङ्घले दिएको अधिकार र संविधानमा निर्दिष्ट भएका अधिकार प्राप्तिका विषयमा पनि छलफल हुने सरकारका प्रवक्ता ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।

प्रदेशका अधिकार प्रयोग गर्न कहाँनेर समस्या भएको छ भन्ने देखि सङ्घीयता कार्यान्वयन र अधिकारका सवालमा छलफल हुने छ । प्रदेशले माग्नुपर्ने, पाउनुपर्ने के–के अधिकार छ, एकीकृत विकास मोडललाई कसरी अघि लैजाने ? कानुनमा देखिएको विविधता लगायतको विषयमा हुन लागेको मुख्यमन्त्री सम्मेलनले ‘राज्य सञ्चालनका लागि एकै प्रकारको कानुन बनोस् भन्ने उद्देश्य राखेको छ । प्रदेश सरकारका प्रमुख सचिवको समेत उपस्थिति हुने उक्त भेलाले प्रदेशलाई अधिकार सम्पन्न गरी सङ्घीयतालाई बलियो बनाउन छलफल गरी निष्कर्ष निकाल्ने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत