बुधबार, चैत्र २५, २०८२

सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयद्वारा काममा रोक


कान्तिपथ


सिरहा- मिर्चैया- कटारी-घुर्मी सडक खण्डको मिर्चैयाको कटारी सडकखण्डमा कालोपत्रेको काम गुणस्तरीय नभएको स्थानीयले बताएका छन् ।

सामान्य पानी पर्दा समेत पिचमा पानी जम्‍ने र साइडको ब्लक भासिएपछि स्थानीय आक्रोशित भएका छन् । सडकखण्डमा कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले काममा रोक लगाएका छन् ।

बारम्बार गुणस्तरहीन काम भएको भन्दै ठेकेदारलाई गुनासो गर्दा कुनै सुनुवाई नभएको स्थानीयले बताए ।

काम गुणस्तरहीन पुष्टि भए कारवाही गरिने सडक डिभिजन कार्यालय लहानका प्रमुख रबिन्द्र लाल दासले बताउनु भयो । कालोपत्रे र मेसिनरी कामको जिम्मा बजरंग बली कन्स्ट्रक्सन सिराहाले लिएको सडक कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत