सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा करीब ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिने अनुमान गरेको छ।
संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पशे गरेको आगामी आर्थिक वर्षको बजेटमा बूढीगण्डकी जलासययुक्त आयोजनासहित दूधकोशी, माथिल्लो अरुण, चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौं, सिम्बुवा खोला, घुन्साखोला आयोजनाको निर्माण अघि बढाउने घोषणा पनि भएको छ। २ वर्षभित्र सबै घर परिवारमा बिजुलीको सेवा दिने र बिजुलीको निर्यातलाई नयाँ आर्थिक स्रोतको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ