शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रकृया : कार्कीविरूद्व उजुरी आह्वान

अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रकृया : कार्कीविरूद्व उजुरी आह्वान


कान्तिपथ


काठमाडौँ। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सुनुवाई प्रक्रियाका अघि बढाएको छ ।

सुनुवाई समितिले संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी हाल्न आह्वान गरिएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदहरूलाई वितरण गरिएको छ ।

कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसअघि बैठकको सुरुमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिलगायतका कामहरूको सुनुवाई छिटो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरु रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि काम गर्ने विश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष तिमल्सिनाले सिफारिस भएर आएका ब्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफुँले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह पनि गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत