सर्वोच्च अदालतमा अहिले करिब २८००० मुद्धा फैसला हुन बाँकी छन् भने करिब ४२०० मुद्धा पाँच वर्ष पुगिसकेका छन्। सर्वोच्च अदालतमा २१ जना न्यायाधीश हुनु पर्नेमा पदपूर्ति हुन नसक्दा १६ जना कार्यरत रहेकोमा एक जना मात्र बिदामा रहँदा पनि औसतमा दैनिक ७ भन्दा कम नै बेन्च चलेको पाइन्छ।
एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सरकारसंग रकम अभाव हुँदा कर्मचारीले समयमा तलब खान नपाएका समाचार आइरहेका छन । सर्बोच्चमा समेत इन्धन, मेसिनरी लगाएतमा समेत बजेट अभाब रहेको र त्यसै कारणले कानुन दिवस मनाउदा खर्च भएको १०/११ लाख अहिलेसम्म तिर्न नसकेको स्रोतले बतायो।
यस्तो अवस्थामा सर्वोच्चमा श्रीमानहरु भने मुद्धा फैसला गर्नुको साटो जिल्ला-जिल्ला अनुगमनमा जाने चाजोपाजो मिलाउनमा लागिरहेको उक्त्त स्रोतले बतायो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ