बुधबार, चैत्र २५, २०८२

जनकपुरधामको संकटमोचन विद्यालय अनिश्चितकालका लागि बन्द


कान्तिपथ


 जनकपुरधामको नाम चलेको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालय भित्र प्रवेश गरेर शिक्षकमाथि भएको कुटपिटको घटनालाई लिएर सो विद्यालयको पठन पाठन अनिश्चितकालका लागि बन्द गरिएको छ । 

सो विद्यालयको निम्न माध्यमिक तहको कम्प्युटर शिक्षक अखिलेश झालाई एक समूहले योजनाबद्ध रुपमा विद्यालयमा प्रवेश गरेर कुटपिट गरेकोमा दोषीहरूलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने विद्यालयले जनाएको छ ।  

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको हिजो बसेको बैठकबाट दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने जनाएको छ । 

जनकपुरधाममा भएको सामुदायिक विद्यालयहरू मध्ये सबैभन्दा बढी विद्यार्थीहरू भएको सो विद्यालयमा आइतबार घटेको घटनाको विरोधमा शिक्षकहरूले प्रहरीमा लिखित रुपमा कारबाहीका लागि उजुरी पनि दिएको छ । 

यसै बीच नेपाल शिक्षक संघ नगर समितिले शिक्षक माथि हातपात गर्ने दोषी माथि कारबाही नभएको खण्डमा नगर भरिका विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने जनाएको छ । संघका नगर अध्यक्ष गौरी शंकरलाल कर्णले असामाजिक तथा गैर अभिभावकले आइतबार १ः३० बजे विद्यालयमा प्रवेश गरेर शिक्षक माथि हातपात गरेको जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत