शुक्रबार, चैत्र २७, २०८२

मेस्सी अब सऊदी अरेबियाको क्लब खेल्ने


कान्तिपथ


अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसी अब अर्को सिजनबाट साउदी अरेबियाको क्लब बाट खेल्ने भएका छन् । मेसीले साउदी क्लबसँग महँगो अनुबन्ध गर्ने भएका छन् । यसबारे विस्तृतमा जानकारी आउन भने बाँकी छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का क्लब प्रशिक्षक क्रिस्टोफ गाल्टियरले आउने शनिबार मेस्सीको क्लेमोन्टविरुद्ध फ्रान्सेली लिग वानमा हुने खेल क्लबको लागी अन्तिम हुने जानकारी गराएका छन  । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेसीसँग आफ्नो अनुबन्ध जुन ३० सम्म कायम रहेको छ तर शनिबारको खेल नै अन्तिम हुने प्रशिक्षक क्रिस्टोफ बताएका छन । यससँगै मेस्सी र उनका सबैभन्दा ठूला प्रतिस्पर्धी खेलाडी क्रिस्टियानो रोनाल्डो अब साउदी लिगमा देखा पर्ने छन ।

हालका बर्षहरुमा सऊदी अरेबिया अन्तराष्ट्रीय रूपमा आफ्नो छबि सुधार गर्न तिर लागेको छ जस अनुसार सऊदी अरेबिया हालका बर्षहरुमा तेल बेचेर कमाएको धन पर्यटन, टेक्नोलोजी, शिक्षा तथा खेलकुदहरुमा लगानी गरी अन्तराष्ट्रीय समुदायलाई आफु तिर आकर्षित गर्न तर्फ लागेको छ।

पीएसजीमा रहदा मेस्सीले यस सिजनमा २० गोल गर्नुका साथै २० एसिस्ट गरेका छन् । सन् २०२१ मा पीएसजी आएका मेस्सीले दुईपल्ट फ्रान्सेली लिग वानको उपाधि जिते का छन ।

सन् २०२२ मा मात्र मेसीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत