शुक्रबार, चैत्र २७, २०८२

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण तीव्र रुपमा हुँदै


कान्तिपथ


बारा । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।

आगामी ६ महिनाभित्र पाइप लाइनबाट पेट्रोल आयात गर्ने तयारी नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जको रहेको छ । दोस्रो चरण काम तीव्र गतिमा अगाडी बढेको निगम प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की निर्माणको काम तीव्र रुपमा भइरहेको छ । भारतीय आयल निगमसँगको सम्झौता अनुसार अगामी डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरी जनवरी २४ भित्र उद्घाटन गर्ने गरी काम भइरहेको निगमले जनाएको छ ।

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको पूर्वाधार निर्माणमा २ अर्ब १४ करोड लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड नेपाल आयल निगमको लगानी रहेको छ ।

नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख उपाध्यायले भवन निर्माणको काम ५० देखि ६० प्रतिशत र पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्की निर्माणको काम १५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत