शुक्रबार, चैत्र २७, २०८२

नेपाल–चीन सीमा: पिल्लर नम्बर १ मा प्रहरीको गस्ती


कान्तिपथ


दार्चुला- नेपाल–चीन सीमा स्तम्भ नम्बर १ (पिल्लर) मा नेपाल प्रहरीको गस्ती टोली पुगेको छ । दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित ईलाका प्रहरी कार्यालय तिंकरबाट खटी गएको प्रहरी टोली नेपाल–चीन सीमा क्षेत्र १ नम्बर पिल्लर पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत रहेको ईलाका प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायव निरीक्षक हर्क सिंह महताको कमाण्डमा प्रहरी टोली वस्तुस्थिति बुझ्न नेपाल–चीन सीमा स्तम्भ नम्बर १ पुगेको दार्चुला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिनुभयो । अहिले तिंकरमा बाक्लो हिउँ जमेको छ ।

सरकारले ०७७ बैशाख ३१ गते व्याँस गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेपश्चात पहिलो पटक सशस्त्र प्रहरीको नेतृत्वमा २०७७ असारमा १ नम्बर पिल्लरसम्म सशस्त्र फौज पुगेको थियो । पछिल्लो समय सुरक्षा उपस्थिति रहेको व्याँस क्षेत्रमा बेला बेला गस्ती हुने गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत