शुक्रबार, चैत्र २७, २०८२

कोशी प्रदेशका उपसभामुख, त्रियुगा नगरपालिकाको उपमेयरको गाडी तोडफोड


कान्तिपथ


उदयपुर । उदयपुरमा कोशी प्रदेशका उपसभामुख, स्वास्थ्य मन्त्री र त्रियुगा नगरपालिकाका उपमेयरको गाडी तोडफोड भएको छ । 

बिहीबार त्रियुगा नगरपालिका ३ भुल्केको एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई चढेको गाडी तोडफोड भएको हो । 

गाडी कोशी प्रदेशको पुनः नामाकरणका लागि आन्दोलनरत आन्दोलनकारीहरूले ढुंगामुढा गर्दा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) ज्ञानेन्द्र फुयाँलले बताउनुभयो । एसपी फुयाँलका अनुसार ढुंगामुढाको क्रममा उपसभामुख दनुवार सवार गाडीको झण्डा हराएको छ । 

त्यसैगरि उपमेयर राई सवार गाडीको विभिन्न सिसा फुटेको छ । आन्दोलन अन्य जिल्लामा जस्तै कोशी प्रदेश पुनः नामाकरण सङ्घर्ष समिति उदयपुरले पनि गर्दै आएको छ । प्रहरी र आन्दोलनकारी बीच धकेलाधकेल भएपनि आन्दोलनरत पक्षलाई कुनै पनि चोटपटक नलागेको सङ्घर्ष समितिका अध्यक्ष गंगा राईले बताउनुभयो ।   



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत