शुक्रबार, चैत्र २७, २०८२

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी


कान्तिपथ


काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विशेष समितिले कार्की विरुद्ध उजुरी दिन हिजोसम्मको समय दिएको थियो । सो समयभित्र २९ वटा उजुरी प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

पाँचवटा इमेलबाट र बाँकी व्यक्ति स्वयं उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएको सचिवालयले जनाएको छ । छ जना उजुरीकर्ता कानुन व्यवसायी रहेका छन् । बहालवाला न्यायाधीशले समेत कार्कीविरुद्ध उजुरी दिएका छन् ।

अधिकांश उजुरीमा कार्कीको दलीय आबद्धता रहेको आरोप लगाइएको छ । कार्की प्रधानन्यायाधीश भएको खण्डमा समेत असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने भएकाले कार्कीले राज्यबाट पाउने सुविधाको लोभ गरेको आरोप समेत उजुरीकर्ताहरुको छ ।

कार्कीलाई गत वैशाख १५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्की विरुद्धको उजुरी खोल्न भोलि सुनुवाइ समितिको बैठक बोलाउने तयारी गरिएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत