शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • चालीस करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुने

चालीस करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुने


कान्तिपथ


रुपन्देही- निजी स्वामित्वमा नेपालमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुन लागेको हो ।

गुल्मीको मदाने गाउँपालिका ४ काभ्रे घर भई हाल अष्ट्रेलियाको सिड्नीमा व्यवसाय गर्दै आउनुभएका ईं. बिनोद कुवँरले एकल लगानीमा तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान बनाउन लाग्नुभएको हो ।

मैदानको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । मैदानको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलन्यास गर्नुभयो । उहाँले क्रिकेट मैदान निर्माणका लागि स्थानिय सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताउनु भएको छ ।

पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताउनु भयो । पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना रहेको कुँवरले बताउनु भयो । एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला बनाउन ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कुँवरले सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको बताउनु भयो । मैदान निर्माणको लागि अहिले नै रकम सुनिश्चित गरिएको उहाँको भनाइ छ ।

एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले रङ्गशाला निर्माणको स्वामित्व लिएर काम अगाडि बढाएका छन् । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर छन । यो क्रिकेट रङ्गशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना रहेको निर्देशक कुवँरको भनाई छ ।

यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहनुहुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत