बुधबार, चैत्र २५, २०८२

सभामुखले उद्घाटन गरेको मेलामा बालेनको ताला


कान्तिपथ


भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।

उनका अनुसार भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको थियो।

बिहीबारदेखि नै सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए।

मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू भएको बजगाईंले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत